विश्वका ५० लेजेन्डसँगै पारसले लेजेन्ड्स लिग खेल्ने

249

नेपालका पूर्व क्रिकेटर पारस खड्काले भारतमा हुन लागेको लेजेन्ड्स लिग खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका पारसले विश्वका ५० लेजेन्डसहित लिग खेल्न लागेका हुन् ।

सेप्टेम्बरमा हुन लागेको लिग प्रतियोगिताको दोस्रो संस्करण हो । यद्यपि यसअघि यो प्रतियोगिता रोड सेफ्टी विश्व सिरिजको नामले सञ्चालन भएको थियो ।

लिगमा भारत, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र इंग्ल्यान्डका लेजेन्ड्सले खेलेका थिए ।

यस पटक पारस खड्का, श्रीलंका पूर्व महान् बलर चामिन्डा भास लगायत ८ खेलाडीलाई स्वागत गरेको छ । यो संस्करणमा विश्वका ५० लेजेन्ड्सले खेल्ने पक्का भएको छ ।

यसपटक ज्याक्स कालिस, सौरभ गांगुली, हरभजन सिंह, इरफान पठान, ओईन मोर्गन, चामिन्डा भास, डेल स्टेन, शेन वाट्सन लगायतका विश्वभरका चर्चित खेलाडीले खेल्नेछन् ।

पारस खड्काले गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो । पारसले २०१९ मा युएईविरुद्ध तेस्रो ओडिआईमा १ सय १५ रनको ऐतिहासिक शतक प्रहार गरेका थिए । पारसले २०१९ मा सिंगापुरविरुद्ध टि२० आई खेलमा नेपालको पहिलो शतक प्रहार गर्दै कीर्तिमान रचेका थिए ।

उनले अन्तिम पटक २०२१ मार्चमा बागमती प्रदेशबाट काठमाडौं मेयर्स कपमा त्रिभुवन आर्मी क्लबविरुद्ध १ सय १९ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि पारस पहिलो पटक मैदान उत्रनेछन् ।

+ posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here