लमही क्रिकेट मैदानको अवलोकनमा खेलकुदमन्त्री अथक

188

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गरेका छन् । गृहजिल्ला पुगेका उनले सोमबार निर्माणाधीन क्रिकेट रंगशालाको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा मन्त्री अथकले रंगशालाको बाँकी काम छिट्टै पुरा गर्न आवश्यक बजेट व्यवस्था गरिने बताए । लमही क्रिकेट रंगशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रूपमा विकास गर्न सकिने बताउँदै मन्त्री अथकले पूर्वाधारका बाँकी कामहरुको बारेमा समेत जानकारी लिए । आफूले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेर हेरिरहेकाले मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्नेमा ढुक्क हुन मन्त्री अथकले आश्वासन दिए ।

आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको थियो । आठौं राष्ट्रिय प्रतियोगिताको दौरान रंगशालामा केही भौतिक पूर्वाधारहरू निर्माण गरिएपनि प्याराफिट लगाएतका संरचना निर्माणको काम अझै बाँकी रहेको छ ।

+ posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here