केन्यासँगको सिरिजका लागि १६ सदस्यीय क्रिकेट टोलीको घोषणा, ज्ञानेन्द्र ‘इन’ कुशल ‘आउट’

183

भदौ ९ गतेदेखि केन्यासँग हुने टी–२० र एकदिवसीय क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो ।

सिरिजका लागि केही समय राष्ट्रिय क्रिकेट टोली बाहिर रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल टोलीमा पुनरागमन गरेका छन् । ओपनर कुशल भुर्तेल भने ‘आउट’ भएका छन् ।

त्यस्तै विकेटकिपर विनोद भण्डारी पनि टोलीमा परेका छैनन् । उनको स्थानमा विकेटकिपर अर्जुन साउद आएका छन् । यसपटक टोलीमा विवेक यादवले पनि स्थान बनाएका छन् ।

रिजर्व खेलाडीका रूपमा जितेन्द्र मुखिया, भिम सार्की, प्रतिश जिसी र हरिशंकर शाह रहेका छन् ।

नेपाली टोली
सन्दीप लामिछाने (कप्तान)
रोहित पौडेल (उपकप्तान)
आशिफ शेख (विकेटकिपर)
आरिफ शेख
दिपेन्द्रसिंह ऐरी
देव खनाल
आदिल आलम
करण केसी
ज्ञानेन्द्र मल्ल
सोमपाल कामी
बसिर अहमद
अर्जुन साउद (विकेटकिपर)
पवन सर्राफ
शहव आलम
किशोर महतो
विवेक यादव

+ posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here