केन्यासँग सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

85

केन्यासँग टी२० र एकदिसीय सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार टोलीको बिदाइ गरेको हो ।

केन्या भ्रमणमा नेपालले पाँच टी–२० आई र तीन एकदिवशीय खेल खेल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोली केन्या जाने छ ।

नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले पनि यही भ्रमणबाट आफ्नो जिम्मेवारी सुरुवात गर्दैछन् ।

उनले केन्या जानुअघि राम्रो तयारी भएको बताए । उनले भने, ‘सबै युवा खेलाडीहरु प्रदर्शनका लागि तयार छन् । हामी राम्रो गर्नेछौं । राम्रो म्याच प्राक्टिस हुनेछ ।’ उनले नेपालको लक्ष्य टिमको रुपमा राम्रो प्रदर्शन गर्नु रहेको बताए ।

कप्तान सन्दीप लामिछानेले केन्या भ्रमण महत्वपूर्ण रहको बताए । उनले भने, ‘नयाँ खेलाडी र केहीको पुनरागमन छ । नयाँ प्रशिक्षकको प्रशिक्षणमा खेल्न उत्साहित छन् । अपेक्षा अनुसार नै नतिजा ल्याउनेछौं ।’

क्यान अध्यक्ष चतुरबहादुर चन्दले नोभेम्बरमा हुने लिग टु शृंखलालाई ध्यानमा राख्दै म्याच प्राक्टिस गर्नका लागि केन्या भ्रमण पठाएको बताए । उनले भने, ‘नेपालमा वर्षातका बेला म्याच खेल्न नपाइरहेको बेला केन्या जाँदैछौं । पाँच टी–२० खेल नेपालको लागि महत्वपूर्ण छ ।’

तलको टिमलाई जित्दा वरियता सुधार्न धेरै अंक नपाए पनि यसले सहयोग पुग्ने उनले बताए । प्रशिक्षक प्रभाकरका लागि पनि खेलाडीलाई नजिकबाट चिन्ने मौका हुने चन्दले बताए । २०२४ को टी–२० विश्वकपका लागि अहिलेदेखि तयारी गर्नुपर्ने उनले बताए ।

यस्तो छ खेल तालिका
टी–२० सिरिज
भदौ ९ गते, बिहीबार (२५ अगस्ट)
भदौ १०, शुक्रबार (२६ अगस्ट)
भदौ १२, आइतबार (२८ अगस्ट)
भदौ १३, सोमबार (२९ अगस्ट)
भदौ १४, मंगलबार (३० अगस्ट)

एकदिवसीय सिरिज
भदौ १७, शुक्रबार (२ सेप्टेम्बर)
भदौ १८, शनिबार (३ सेप्टेम्बर)
भदौ २०, सोमबार (५ सेप्टेम्बर)

+ posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here