नेपाल र केन्याबीचको टी–२० सिरिज आजबाट

82

नेपाल र केन्याबीचको पाँच खेलको टी–२० सिरिज आजबाट सुरु हुँदैछ । पहिलो खेल अपराह्न ३ः४५ बजे जिमखाना क्लब ग्राउन्ड नाइरोबीमा हुनेछ ।

टी–२० को वरियतामा १४औं स्थानमा रहेको नेपालले केन्यासँग पहिलो पटक टी–२० आई सिरिज खेल्न लागेको हो ।

नेपाल वरियतामा आफूभन्दा तल रहेको केन्यालाई हराउँदै सिरिजको सुखद सुरुवात गर्न चाहन्छ । यद्यपि घरेलु टोली केन्यालाई घरेलु मैदानको फाइदा भने हुनेछ । त्यसमाथि नेपालका तीव्र गतिका बलर सोमपाल कामी र विवेक यादव टोलीमा नपर्न सक्छन् । केन्याले त्यसको फाइदासमेत लिन सक्नेछ ।

समयमै भिसा नआउँदा उनीहरू बुधबारमात्रै केन्यातर्फ प्रस्थान गरेका थिए । लामो यात्राको कारण आज सोमपाल र विवेकलाई नेपालले विश्राम दिनसक्छ । त्यस्तै आदिल अन्सारी, साहब आलम र बसिर अहमद आजमात्र त्यसतर्फ जाँदैछन् । विकेटकिपर अर्जुन साउदले आज नेपाली टोलीमा डेब्यू गर्न सक्छन् । आक्रामक ब्याटिङको क्षमता राख्ने उनलाई नेपालले छैटौं नम्बरमा खेलाउने सम्भावना छ ।

पाँच खेलको सिरिज १४ भदौ मंगलबारसम्म चल्नेछ । त्यसपछि तीन खेलको एकदिवसीय सिरिजका खेल हुनेछ । एकदिवसीयको खेल १४ भदौदेखि सुरु हुनेछ ।

यस्तो छ खेल तालिका
टी–२० सिरिज
भदौ ९ गते, बिहीबार (२५ अगस्ट)
भदौ १०, शुक्रबार (२६ अगस्ट)
भदौ १२, आइतबार (२८ अगस्ट)
भदौ १३, सोमबार (२९ अगस्ट)
भदौ १४, मंगलबार (३० अगस्ट)

एकदिवसीय सिरिज
भदौ १७, शुक्रबार (२ सेप्टेम्बर)
भदौ १८, शनिबार (३ सेप्टेम्बर)
भदौ २०, सोमबार (५ सेप्टेम्बर)

+ posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here