नेपाल टी–२० लिगका लागि खेलाडीको नाम दर्ता सुरु, दर्ताका लागि यस्तो छ मापदण्ड

104

नेपाल टी–२० का लागि खेलाडीको नाम दर्ता सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

नेपाली खेलाडीका लागि नाम दर्ता सुरु भएको हो ।

खेलाडीले अगस्ट ३१ सम्म आफ्नो नाम दर्ता गर्न पाउनेछन् । नाम दर्ता अनलाइन मार्फत् गर्न सकिनेछ ।

नाम दर्ताका लागि खेलाडीले राष्ट्रिय खेलमा सहभागी भएकै हुनुपर्नेछ । कम्तिमा २०१८ देखि पीएम कप, मेयर कप जस्ता राष्ट्रिय खेलहरू नियमित रूपमा खेलिरहेको हुनुपर्नेछ ।

दर्ता हुन यस्ता छन् खेलाडीमा हुनुपर्ने थप मापदण्ड
– २०१८ देखि यु १९ अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाएको,
– २०१८ देखि लगातार नेपालको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएकोलाई प्राथमिकता,
– २०१८ देखि विभिन्न फ्रेन्चाइजी लिगमा लगातार सहभागिता जनाउँदै आएको खेलाडीलाई प्राथमिकता

नेपालको एक मात्र आधिकारिक फ्रेन्चाइजी टी–२० लिगका रूपमा क्यानले घोषणा गरेको लिगलाई जुलाइमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले आधिकारिकता दिएको थियो । लिगमा ६ टिमले सहभागिता जनाउने छन् ।

+ posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here