यू–१९ एसिया कप फाइनल : बंगलादेशविरुद्ध भारत निरीह

457

कोलम्बो स् एसीसी यू–१९ एसिया कपको फाइनलमा बलियो टोली भारत बंगलादेशसामू निरीह देखिएको छ । उसले जितका लागि मात्र १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३२.४ ओभरमा सबै विकेट गुमाएर १०६ रन जोडेको हो । वर्षाले केही समय रोकिएको खेल पुनः सञ्चालन भएको थियो ।

भारतका लागि ओपनर सुभेद पर्कार ४ रनमै आउट भए भने अर्का ओपनर खाता नखोली पेभिलियन फर्किए । करण लालले ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ३७ रनको योगदान गरे ।

सुरुवातमै कमजोर ब्याटिङ गरेको भारतका लागि कप्तान ध्रुव जुरेलले ३३ रनको योगदान गरे । उनले ५७ बलको सामना गर्दै २ चौका र १ छक्का हिर्काए । त्यस्तै शाश्वत रावतले १९ रन जोडे ।

भारतलाई ठूलो स्कोरबाट रोक्न बंगलादेशका बलर मृत्युन्जोय चौधरी र समिम होसेनले उत्कृष्ट बलिङ गरे । होसेनले ६ ओभर बलिङ गर्दा मात्र ८ रन खर्चेर ३ विकेट लिए । १८ रन खर्चिएका मृत्युन्जोय चौधरीले पनि ३ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here