टी-२० सिरिज : नेपालले आज केन्यासँग तेस्रो खेल खेल्दै, के होला नतिजा ?

204

केन्यामा जारी पाँच खेलको टी २० क्रिकेट सिरिजमा नेपालले आज तेस्रो खेल खेल्दैछ । पहिलोमा जित र दोस्रोमा हारसँगै १-१ को बराबरीमा रहेको सिरिजमा जित निकाल्ने लक्ष्यमा नेपाल रहनेछ ।

खेल अपराह्न ३:४५ बजे सुरु हुनेछ ।

पाँच खेलको टी २० सिरिज र तीन खेलको एकदिवसीय सिरिजका लागि नेपाल अहिले केन्या भ्रमणमा रहेको छ ।

विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो।

पछिल्लो समय नेपालको ब्याटिङ लय खराब देखिएको छ । ब्याटिङ नचल्दा सामान्य लक्ष्यसमेत भेट्टाउन मुश्किल परेको देखिन्छ । यस्तोमा वरियतामा नेपालभन्दा तल रहेको केन्या नेपालका लागि चुनौतिपूर्ण देखिएको छ ।

+ posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here