टी–२० सिरिज : नेपालको दोस्रो जित

170

केन्यासँगको टी–२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ । सिरिजको तेस्रो खेलमा नेपालले केन्यामाथि ४ विकेटको जित निकालेको हो ।

नेपालले आदिल अन्सारी र रोहित पौडेलको विष्फोटक ब्याटिङमा जित सुनिश्चित गरेको हो । आदिलले ७ बलमा १६ रन बनाउँदै नेपाललाई जितको नजिक पु¥याए । त्यस्तै रोहितले १८ बलमा २९ रन जोडे ।

टस हारेर १५७ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

सुरुवातमा ओपनर अर्जुन साउदले राम्रो आक्रामक ब्याटिङ गरे । तर खेलको मध्य क्रममा नेपालको ब्याटिङ सुस्ताएको थियो ।

सिनियर क्रिकेट टोलीमा डेब्यू गरेका अर्जुनले ३१ बलमा ३ छक्का र २ चौकाको मद्दतमा ३५ रन जोडे । त्यस्तै नेपालका लागि पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । उनले ४१ बल खेल्दै १ छक्का र ४ चौका हिर्काए ।

केन्याका लागि इजिन ओचिङ र भिराज पटेलले २/२ विकेट हात पारे ।

यसअघि ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।

उसका लागि राकेप पटेलले नटआउट ७३ रन जोडेका थिए । त्यस्तै इर्फान करिमले ५५ तथा ओपनर कोलिन्स ओबुयाले १४ रन बनाएका थिए ।

नेपालका सोमपाल कामी र आदिलले १/१ विकेट लिएका थिए ।

जितसँगै नेपालले २–१ ले सिरिजमा लिड गरेको छ ।

अब चौँथो खेल सोमबार (भोलि) हुनेछ । खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ ।

+ posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here