खस्कियो नेपालको टी–२०आई वरियता

194
फाइल तस्बिर।

नेपालको टी–२०आई वरियता खस्किएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जारी गरेको वरियतामा नेपाल एक स्थान खस्किदै १५औं स्थानमा झरेको हो ।

योसँगै नेपालले सन् २०२४ मा हुने विश्वकप सिधै खेल्न पाउने अपेक्षामा धक्का लागेको छ ।

नेपाललाई पछि पार्दै नामिबिया १४ औं स्थानमा उक्लिएको छ । नेपाल भन्दापछि स्कटल्यान्ड र ओमान १६ औं र सत्रौं स्थानमा छन् । त्यस्तै नेदरल्यान्ड्स १८ औं, पपुवा न्युगिनी १९ औं र हङकङ २० औं स्थानमा छन् ।

एसोसिएटबाट नेपालभन्दा माथि नामिबिया र युएई रहेका छन् । युएई १३औं स्थानमा छ ।

वरियताको शीर्षस्थानमा भारत छ । इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो, न्युजिल्यान्ड पाँचौं र अष्ट्रेलिया छैटौं स्थानमा छन् । वेस्टइन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान १० औं, जिम्बावे ११ औं र आयरल्यान्ड १२ औं स्थानमा छन् ।

+ posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here