नयाँ पुस्तामा पठनशैलीको विकास गर्न आवश्यक छ : खेलकुद मन्त्री अथक

47

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन् । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले सो बताएका हुन् ।

पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृति हराउँदै गइरहेकोप्रति दुःख व्यक्त गर्दै मन्त्री अथकले पुस्तकालयलाई प्रविधिसँग जोडेर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ ध्यन केन्द्रित गर्नुपर्ने धारणा राखे । ‘पछिल्लो पुस्ता पुस्तक अध्ययनमा भन्दा बढी सामाजिक सञ्जालमा रमाउन थालेका छन्’, मन्त्री अथकले भने, ‘आजको युगसँग पुस्तकालयलाई कसरी जोड्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ ।’

पुस्तकालयलाई जीवन र जगतका बारेमा अध्ययन गर्ने थलोका रूपमा समेत बुभ्mन जरुरी रहेको उनले बताए ।

ज्ञानोदय सामुदायिक पुस्तकालयलाई थप व्यवस्थित र सुदृढ गर्न आवश्यक रहेको जिकिर गर्दै मन्त्री अथकले थप भौतिक संरचना निर्माणका लागि स्रोत व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले कोहलपुरमा पुस्तकालय स्थापनाका लागि विगतमा भएका प्रयासहरूको समेत प्रशंसा गरेका थिए ।

पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका ३ जना विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने पुस्तकालय दिवसकै अवसरमा आयोजित खुल्ला कविता प्रतियोगिताका विजयीहरूलाई समेत पुरस्कृत गरिएको थियो ।

+ posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here