नेपाल भर्सेस केन्या : जब अम्पाएरले विजयी लक्ष्य नै बिर्सिए

258

केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो एकदिवसीय खेलमा जित हात पारेको छ । पहिलो एकदिवसीयमा ७ विकेटको जित निकाल्दै नेपालले तीन खेलको एक दिवसीय श्रृखलामा १–० को अग्रता लिएको छ ।

केन्याको नाइरोबीस्थित जिमखाना क्लब ग्राउन्ड मैदानमा भएको खेलमा केन्याले टस जितेर नेपाललाई बलिङको निम्ता दिएको थियो ।

सुरुमा ब्याटिङ गरेर केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २१८ रन बनाएको छ । २१९ रनको लक्ष्य पाएको नेपालले ३ विकेट गुमाउँदै ४७.३ ओभरमा २२२ रन बनाएर जित हात पार्‍यो ।

जित हात पार्ने बेलामा खेलका अम्पाएर र नेपाली ब्याटर रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरी विजय लक्ष्यमा अलमलिए।

जितका लागि १ रन लक्ष्य पूरा गरिसकेको ठानेर अम्याएरले सिट्टी बजाए । पौडेल र ऐरी मैदानबाट बाहिरिँदै गर्दा फेरि बोलाएर एक बल खेल्न लगाएका थिए ।

४७औँ ओभर सकिँदा नेपालको स्कोर २१२ रन थियो नेपाललाई जितका लागि ७ रन चाहिएको थियो । ४७औँ ओभरको पहिलो बल डट भयो । दोस्रो बलमा दीपेन्द्रसिंह ऐरीले छक्का प्रहार गरे । छक्का हानेपछि छक्का हानेपछि जित भइसकेको ठानेर अम्पाएरले खेल समाप्तिको घोषणा गरे ।

त्यसपछि रोहित र दीपेन्द्र क्रिजबाट बाहिरिएका थिए । अस्पाएर पनि खेलाडीसँग हात मिलाउँदै थिए। रोहित र दीपेन्द्र पनि केन्याका खेलाडीसँग हात मिलाउँदै मैदानबाहिर अघि बढ्दै थिए।

केन्याका केही खेलाडीले लक्ष्य बाँकी नै रहेको अर्का अम्पाएरलाई सुनाएपछि सबैजना एकछिन अलमल परे। रोहित र दीपेन्द्र हाँस्दै फेरि क्रिजमा फर्किए । लगतैको बलमा दीपेन्द्रले चौका प्रहार गरेपछि बल्ल खेल सकियो।

नेपालको जितका लागि ओपनरद्व अर्जनु साउद र आशिफ शेखले खानदार इनिङ खेले दुई ब्याटरले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरेपछि नेपालको जित सुनिश्चित भएको थियो । अर्जुन ९७ बलमा ६१ रन बनाएर आउट हुँदा आशिफले १२० बलमा ११० रन बनाए ।

ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्र ऐरी १९ र रोहित पौडेल ३ रनमा नट आउट रहे ।बलिङतर्फ नेपालका लागि सोमपाल कामी र करण केसीले ३–३ विकेट लिँदा आदिल अन्सारी र पवन सर्राफले १–१ विकेट लिए ।

+ posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here