नेपालविरुद्ध हङकङले बनाएको खराब रेकर्ड पाकिस्तानले तोड्यो

48

टी–२० क्रिकेटमा हङकङले एउटा अर्को खराब रेकर्ड बनाएको छ । शुक्रबार राति एसीसी एसिया कप अन्तर्गत भएको खेलमा हङकङले नेपालविरुद्ध खेल्दा बनाएको खराब रेकर्ड तोडेको छ ।

पाकिस्तानविरुद्ध जम्मा ३८ रनमा अलआउट भएको हङकङ १५५ रनले पराजित हुनुपुग्यो

हङकङका हुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । पाकिस्तानका बलरसामु निरीह देखिए ।

अघिल्लो खेलमा भारतविरुद्ध डटेर खेलेकाले पाकिस्तानविरुद्ध पनि राम्रो स्कोर बनाउने अपेक्षा धेरैको थियो ।

भारतविरुद्ध २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको हङकङ पाकिस्तानसँग ११ ओभर पनि टिक्न सकेन , १०.४ ओभरमा सबै विकेट झर्‍यो ।

यो हङकङको टी–२० क्रिकेटमा सबैभन्दा खराब रेकर्ड हो ।

यसअघि सबैभन्दा खराब रेकर्ड २०१४ को टी–२० विश्वकपमा नेपालविरुद्ध खेल्दा बनाएको थियो।

बंगलादेशको चटगाउँ रंगशालामा भएको खेलमा हङकङलाई नेपालले ६९ रनमा अलआउ गराएको थियो।१७ ओभरमा हङकङले त्यतिबेला १७ ओभरमा सबै विकेट गुमाएको थियो।

यो भन्दा अर्को खराब २०१७ मा ओमानविरुद्ध ८७ रनमा अलआउट भएर बनाएको थियो ।

यसै वर्ष जुलाई ११ मा जिम्बाब्बेमा भएको टी–२० विश्वकप छनोट खेलमा हङकङ युगान्डाविरुद्ध २० ओभरमा जम्मा ८७ रनमा समेटिएको थियो । यतिबेला अलआउट नभएर ९ विकेट मात्रै गुमाएको थियो।

+ posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here