सीपीएलको तेस्रो खेलमा सन्दीपको प्रदर्शन : ब्याटिङमा राम्रो बलिङमा सामान्य

545

एजेन्सी : क्याराबिन प्रिमियर लिग(सीपीएल) अन्तर्गत आइतबारको खेलमा सन्दीप लामिछानेले ब्याटिङ राम्रो र बलिङ समान्य प्रदर्शन गरेका छन् । आइतबार राति(नेपाली समय सोमबार बिहान) सन्दीप आवद्ध टोली बार्बाडोज ट्रिडेन्सले जमैका टेलवाशसँग प्रतिस्पर्धा गरेको थियो । बलिङमा केही महंगो सावित भए पनि एक मेडनसहित एक विकेट लिन सफल भए।  यस खेलमा सन्दीपले ब्याटिङमा पनि आफ्नो क्षमता देखाए।

५औं ओभरमा बलिङ सुरुवात गरेका सन्दीपले १ चौकासहित ८ रन दिए। १०औं ओभर सन्दीपका लागि सबैभन्दा महंगो बन्यो । २ छक्कासहित १५ रन दिए। १३औं ओभरमा पनि उनले २ छक्कासहित १३ रन दिए तर १२ बलमा २७ रन बनाएर आक्रामक ब्याटिङ  गरिरहेका जाभेल ग्लेनलाई क्याचआउट गराए । १५औं ओभरमा भने सन्दीपले कुनै रन नदिई मेडन गरे।
अघिल्लो खेलमा सन्दीप ३ विकेट लिँदै ‘म्यान अफ दी म्याच’ बनेका थिए।

११औं नम्बरमा ब्याटिङमा आएका सन्दीपले ८ बलमा एक चौकासहित १० रन बनाएर नट आउट रहे। १८औं ओभरको अन्तिम बलमा ९औं विकेट गुमेपछि क्रिजमा आएका सन्दीपले १२ बलमा ओभरमा जोस लारोरसँग मिलेर १६ रको साझेदारी गरी टोलीका लागि सम्मानजनक स्कोर बनाउन महत्वपूर्ण योगदान गरे ।

खेल जमैका टेलवाशले ४ विकेटले जित्यो । जमैकाले टस जितर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको बार्बाडोजले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । जमैकाले १८.३ ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाउँदै जित निकाल्यो।

५ खेल खेल्दा आक्रामक ब्याट्समयान क्रिस गेलसहित रहेको टोली जमैकाले पहिलो जित निकालेको छ। ३ खेल खेलेको बार्बाडोजले २ हार व्यहोरेको छ । एकमा जितेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here