बार्सिलोनामा प्रभावशाली बन्दै फाती

579

स्पेन :  स्पेनिस ला लिगाको शनिबारको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ५-२ को जित निकाल्यो । प्रभावशाली जित भन्दा पनि त्यस खेलमा बार्सिलोनाका सबैभन्दा कान्छा खेलाडी अन्सुमान फातीले गरेको प्रदर्शनको निकै चर्चा भइरहेको छ । तीन खेलमा मौका पाएका १६ वर्षीय फाती बार्सिलोनाका लागि दोस्रो गोल गर्न सफल भएका छन्।

मेसी वा स्वारेजको स्थानमा स्ट्राइकरको जिम्मेवारी पाएका फातीले दोस्रो मिनेटमै गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । उनले गोल मात्रै गरेनन् ७औं मिनेटमा फ्रेन्की डे जोङलाई गोल गर्न पास उपलब्ध गराई सहयोग पनि गरे । ६०औं मिनेटमा  फातीलाई बाहिर पठाई स्वारेजलाई मैदानमा उतारिएको थियो।

फातीले २५ अगस्टमा रियल बेटिसविरुद्धको खेलमा बार्सिलोनाको सिनियर टोलीमा डेब्यू गरेका थिए । उनी ७८औं मिनेटमा परिवर्तित खेलाडीकारुपमा मैदान प्रवेश गरेका थिए। ३१ अगस्टमा ओसासुनाविरुद्ध दोस्रो हाफपछि मैदान छिरेका फातीले लगतै गोल गरी १-० ले पछि परेको बार्सिलोनाका लागि बराबरी गोल गरेका थिए। ला लिगामा उनको त्यो डेब्यू गोल थियो।

उनी बार्सिलोनका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। उनले १६ वर्ष ३०४ दिनमा गोल गरेका हुन् । उनीअघि यो रेकर्ड २००७/००८ सिजनमा बोजन १७ वर्ष ५३ दिन हुँहा गोल गरी आफ्नो नामा दर्ज गराएका थिए । यी दुई पछि बार्सिलोनाबाट ला लिगामा कम उमेरमा गोल गर्ने कान्छा फर्वाड मेसी हुन् । उनले २००४/००५ सिजनमा १७ वर्ष ३३१ दिनको उमेरमा गोल गरी रेकर्ड बनाएका थिए।

दक्षिण अमेरिकी राज्य ग्युनिया बिस्साउका फाती १० वर्षको उमेरमा बार्सिलोनामा प्रवेश गरेका थिए । उनले बार्सिलोनाको उमेर समूह टोलीबाट खेल्दा राम्रो प्रदर्शन गरेपछि मुख्य टोलीमा खेल्ने मौका पाएका हुन्। एकपछि अर्काे खेलमा प्रभाव देखाउन सफल फाती भविष्मा बार्सिलोनाका लागि नयाँ मेसी बन्ने लयमा देखिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here