भारतीय पूर्व क्रिकेटर वेंकटराम नेपालको बलिङ प्रशिक्षक नियुक्त

पूर्व भारतीय क्रिकेटर भारुती वेंकटराम नेपाली क्रिकेट टिमको बलिङ

361

काठमाडौं,  पूर्व भारतीय क्रिकेटर भारुती वेंकटराम नेपाली क्रिकेट टिमको बलिङ ‘कन्सल्ट्यान्ट’ मा नियुक्त भएका छन् । आईसीसीले सिंगापुर र ओमान भ्रमणमा रहने नेपाली क्रिकेट टिमका लागि बलिङ प्रशिक्षककारूपमा वेंकटरामलाई नियुक्त गरेको हो ।

भारतीय प्रथम श्रेणीका क्रिकेटर वेंकटरामसँग झारखण्ड क्रिकेट टिमको प्रमुख प्रशिक्षक भएको अनुभव छ। उनले सन् १९७३ देखि १९९२ सम्म बिहार क्रिकेट टिमबाट खेलेका थिए। प्रथम श्रेणीका ६८ वटा खेल खेलका उनले २१७ विकेट लिएका छन्।

सिंगापुरमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज खेल्नेछ। असोज दोस्रो साता सुरु हुने सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरले प्रतिस्पर्धा गर्नेछन्। त्यसलगत्तै नेपालले ओमान भ्रमण गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here