नेपाललाई जितका लागि १५२ रनको लक्ष्य

620
फाइल फोटो

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल अहिले सिंगापुरको सामाना गर्दैछ । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले नेपालाई जितका लागि १५२ रनको लक्ष्य दिएको छ । सिंगापुरले २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको छ ।

सिंगापुरका लागि टीम डेविडले सर्वाधिक ६४ रन बनाए, सुरेन्द्रन चन्द्रमोहनले ३५ र जनक प्रकाशले २५ रन बनाए ।

नेपालका लागि पहिलो विकेट करण केसीले चौथो ओभरमा लिए भने सुशन भारीले ९औ ओभरमा लिए । १५औं ओभरमा करण केसीले व्यक्तिगत दोस्रो विकेट लिए । नेपाली बलरले सिंगापुरको विकेट लिन नसक्दा सिंगापुरले ठूलो स्कोर बनाएको हो । सन्दीप लामिछानेले ४ ओभरमा  १८ रन दिएर किफायती बलिङ गरेपनि विकेट लिन सकेनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here