नेपालको सानदार जित, पारस खड्काको शतक

1566

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपालले सानदार जित निकालेको छ । कप्तान पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले सिंगापुरमाथि ९ विकेटको जित हात पारेको हो ।

सिंगापुरले पहिले टस जितेर पहिले गरी ब्याटिङ गरी २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा १ विकेट गुमाएर १५४ रन बनाउँदै पूरा गरी जित हात पार्यो ।

कप्तान पारस खड्काले शतक बनाए । उनले ५२ बलमा ७ चौका र ९ छक्कासहित १०६ रन बनाए । आरिफ शेखले ३८ बलमा ३९ रन बनाए । इशान पाण्डे ५ रन बनाएर आउट भएका थिए । नेपालको पहिलो विकेट गुम्दा स्कोर ९ रन मात्रै थियो । पारस र  आरिफले ८७ बलमा १४५ रनको साझेदारी गरे ।  पारस खड्का प्लेअर अफ दी म्याच बनेका छन्

सिंगापुरका लागि टीम डेविडले सर्वाधिक ६४ रन बनाए, सुरेन्द्रन चन्द्रमोहनले ३५ र जनक प्रकाशले २५ रन बनाए ।

नेपालका लागि पहिलो विकेट करण केसीले चौथो ओभरमा लिए भने सुशन भारीले ९औ ओभरमा लिए । १५औं ओभरमा करण केसीले व्यक्तिगत दोस्रो विकेट लिए । नेपाली बलरले सिंगापुरको विकेट लिन नसक्दा सिंगापुरले यो स्कोर बनाउन सकेको थियो । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन दिएर किफायती बलिङ गरेपनि विकेट लिन सकेनन्।

शुक्रबार भएको सिरिजको पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटको हार व्यहोरेको नेपालले सिंगापुरविरुद्ध प्रभावशाली जित निकालेको हो । जित निकालेको हो । अब नेपालले अर्को खेल मंगलबार जिम्बाब्वेविरूद्ध खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here