टेस्ट टोली जिम्बाब्वेमाथि सिंगापुरको रवाफ

592
जिम्बाब्वेको विकेट लिएपछि खुसी मनाउँदै सिंगापुरका खेलाडी तस्बिर : आईसीसी

सिंगापुर । सिंगापुरमा नेपालसहित जिम्बाब्वे र सिंगापुरबीचको त्रिकोणात्मक टी–२० सिरिज चलिरहेको छ।

आइतबारको खेलमा डिभिजन ३ मा रहेको सिंगापुले टेस्ट मान्यता प्राप्त जिम्बाब्वेलाई पराजित गरेको छ । ब्याटिङ, बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरी सिंगापुरले ४ रनको रेमाञ्चक जित निकाल्यो।

वर्षाले खेल सुरु हुन केही ढिला भएपछि १८ ओभरमा छोट्याइएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले आक्रामक ब्याटिङ गर्दै १८ ओभरमा १८१ रन बनायो । सिंगापुरका लागि टीम डेविड र मनप्रिट सिंहले ४१–४१ रन बनाए । रोहन रङ्गर्जनले ३९, सुरेन्द्र चन्द्रमोहनले २३ रन बनाए । अन्तिम ओभरमा जिम्बाब्वेले लगातार विकेट नलिएको भए अझैं ठूलो स्कोर बन्ने देखिन्थ्यो ।

१८२ रनको स्कोर पछ्याएको जिम्बाब्बवेले सुरुदेखि नै सिंगापुरमाथि दबाब बनाउँदै ब्याटिङ गरिरहेको थियो । १५औं ओभरको खेल सकिँदासम्म जिम्बाब्वे पूर्णरुपमा हाबी थियो । ३ विकेट गुमाएर १५९ रन बनाएको थियो । जितका लागि १८ बलमा २३ चाहिएको थियो । ७ विकेट हातमा थियो । १६औं ओभरमा अर्काे एक विकेट गुमाएर ६ रन बनाउँदा १२ बलमा १७ रन चाहिएको थियो जितका लागि जम्मा ४ विकेट गुमेको थियो।

त्यसपछि १७औं ओभरमा सिंगापुरका जनक प्रकाशले अर्काे २ विकेट लिएर जम्मा ७ रन मात्रै दिए । जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो । अन्तिम ओभरमा पनि जिम्बाब्वेको थप एक विकेट गुम्यो र जम्मा ५ रन भन्दा जोड्न सकेन र ४ रनको हार व्यहो¥यो ।

सिंगापुरले जिम्बाब्वेलाई हराएपछि सिरिजमा तीनै टोलीले एक–एक जित दर्ज गराएको छन् । रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

शनिबार नेपालले सिंगापुरमाथि ९ विकेटको फराकिलो जित निकाल्दा सिंगापुर कमजोर टोली भएकाले पारस खड्काले शतक बनाउन र नेपालले सहजै जित्न सकेको भन्ने खालका प्रतिक्रिया पनि आएका थिए । यस सिरिजका खेल हेर्दा टेस्ट राष्ट्र जिम्बाब्वे र एकदिवसीय मान्यता प्राप्त नेपालभन्दा सिंगापुर कुनै कोणबाट पनि कमजोर देखिँदैन। बरु बलिङ ब्याटिङमा आत्मविश्वासका साथ खुलेर खेलेको देखिन्छ ।

शुक्रबारको खेलमा जिम्बाब्वेविरुद्ध नेपालका ब्याट्सम्यान क्रिजमा टिक्न मुस्किल देखिएको थियो । नेपालविरुद्ध पनि सिंगापुरको उत्कृष्ट नै थियो । २० ओभरमा नेपालले ३ विकेटभन्दा लिन सकेन । जिम्बाब्वेको ३ विकेट लिएका सन्दीप लामिछानेले किफायती बलिङ गरेपनि विकेट लिन सकेनन।

अब अर्काे खेल मंगलबार नेपाल र जिम्बाब्वेबीच हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here