घरेलु मैदानमा इङ्ल्यान्डमाथि न्यूजिल्यान्डको जित

916

नेल्सन । न्यूजिल्यान्ड भ्रमणमा रहेको इङ्ल्यान्डमाथि न्यूजिल्यान्डले जित निकालेको छ । स्याक्स्टोन ओभल मैदानमा मंगलबार भएको टी–२० क्रिकेटमा न्यूजिल्यान्ड १४ रनले विजयी भएको हो ।

घरेलु मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजिल्यान्डले पाहुना टोली इङ्ल्यान्डलाई १८१ रनको विजय लक्ष्य दिएको थियो । उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको थियो।

न्यूजिल्यान्डका लागि कोलिन डे ग्रान्डहोमले अर्धशतक बनाए। उनले टिमका लागि सर्वाधिक ५५ रन जोडेका हुन्। त्यस्तै मार्टिन गुप्टिलले ३३ रन जोडे । उनले १७ बलको सामना गर्दै ७ चौका हिर्काए ।

इङ्ल्यान्डका लागि टोम कुरानले २ विकेट लिए । त्यस्तै चार जना बलरले समान १/१ विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रन मात्र जोड्न सक्यो । उसका लागि डेविड मालनले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन। उनले ३४ बल सामना गर्दै १ छक्का र ८ चौकाको मद्दतमा ५५ रन जोडे। त्यस्तै जेम्स भाइन्सले ४९ रन बनाए। यही खेलबाट इङ्ल्यान्डका लागि डेब्यू गरेका टोम ब्यान्टोनले १८ रन जोडे।

इङ्ल्यान्डलाई लक्ष्यबाट रोक्न न्यूजिल्यान्डका लकी फर्गुसन र ब्लेयर टिक्नरले २/२ विकेट लिए। दुबैले ४÷४ ओभर बलिङ गर्दै समान २५ रन खर्चिए। त्यस्तै इस सोधी र मिचेल सान्ट्नरको नाममा १/१ विकेट रह्यो ।

जितसँगै पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा न्यूजिल्यान्ड २–१ ले अघि भएको छ । यसअघि भएका दुई खेलमध्ये पहिलो खेलमा ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा २१ रनले विजयी भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here