ट्रकको ठक्करबाट नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह घाइते, थप उपचारका लागि ग्राण्डी अस्पताल ल्याइदै

469

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारी ट्रकको ठक्करबाट घाइते भएका छन् । आइतबार राती धनगढीबाट महेन्द्रनगर जाँदै गरेको ट्रकले उनी सवार मोटरसाइकलाई ठक्कर दिँदा उनी घाइते भएका हुन्।

उनको धनगढीस्थित निसर्ग अस्पतालमा सामान्य उपचारपछि नेपालगन्ज मेडिकल कलेजमा उपचार गरिए पनि थप उपचार गर्नुपर्ने भएकाले काठमाडौंको ग्राण्डी अस्पताल ल्याउँदै गरेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।

‘नेपाली राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारी हिजो कन्चनपुरस्थित झलारीमा मोटर साइकल दुर्घटना परी घाइते भएका थिएु, क्यानको फेसबुक पेजमा विज्ञप्ति जारी गर्दै चन्दले भनेका छन्, ‘अस्पतालका उपचारमा संलग्न हुने सम्पूर्ण डाक्टर एवम् मेडिकल टिमलाई उपचारमा सक्रिय सहयोग गरिहिुन अनुरोध गर्दछु ।’

अध्यक्ष चन्दले ललितको उपचारका लागि क्रिकेट संघले समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै उनले सम्पूर्ण सरोकारवाला निकायलाई समेत सहयोगको लागि अनुरोध गरेका छन् ।

क्यानले ललितको अवस्था सुधारोन्मुख रहेको समेत जनाएको छ । हात र खुट्टामा गम्भिर चोट लागेकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

२४ वर्षीय ललितले सन् २०१८ को अगस्टमा नेदरल्यान्ड्ससँगको एकदिवसीय क्रिकेट खेलेका थिए । सो खेलमा उनले नेपालका लागि २ विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here