आर्मीलाई काठमाडौं मेयरले दियो १५६ रनको लक्ष्य

420
काठमाडौं मेयर ११ का विरुद्ध बलिङ गर्दै स्पीनर शाहब आलम । तस्बिर : क्यान

काठमाडौं । काठमाडौं मेयर कप अन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौं मेयर ११ ले त्रिभुवन आर्मी क्लबलाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं ११ ले १५५ रन बनाएको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्ता पाएको काठमाडौं मेयर ११ ले ४२.१ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन बनाएको हो ।

काठमाडौंका लागि सौरभ खनालले ४२ रन जोडे । त्यस्तै सन्दीप रजाली ३७ रनमा जीतेन्द्र मुखियाको बलमा एलबीडब्लू आउट भए । ओपनर खडक बोहराले १९ रन बनाउँदा अर्का ओपनर हरिशंकर शाह १८ रनमा पेभिलियन फर्किए ।

यसैगरी आइतबारको खेलमा विष्फोटक ब्याटिङ गरेका कप्तान सन्दीपले १३ रन बनाए ।

काठमाडौं मेयरलाई मध्यम योगफलमै समेट्न आर्मीका शहब आलमले ४ विकेट लिए । त्यस्तै जीतेन्द्रको नाममा ३ विकेट रह्यो भने कुशल मल्ल र सोमपाल कामीले पनि १÷१ विकेट हात पारे ।

केही समयमा आर्मीले जवाफी ब्याटिङ गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here