वैशाख ४ देखि त्रिदेशीय टी–२० सिरिज हुने

773
फाइल फोटो

काठमाडौं । आगामी वैशाखमा त्रिदेशीय टी–२० क्रिकेट सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिरिज आगामी वैशाख ४ देखि ११ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

सिरिजमा नेपालसहित नेदरल्यान्ड र मलेसिया सहभागी हुने क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीपछि गत वर्षको डिसेम्बरदेखि स्थगित क्रिकेट खेल पुनः लयमा फर्किन लागेको हो । पछिल्लो समय नेपालमा दुई ठुला घरेलु क्रिकेट प्रतियोगिता (प्रधानमन्त्री कप र काठमाडौं मेयर्स कप) पनि सम्पन्न भइसकेका छन् ।

सिरिजमा खेलाडी, म्याच अफिसियल्स लगायत सबैको पीसीआर परीक्षण गरेर मात्रै सहभागी गराइने बताइएको छ ।

संघका अध्यक्ष चतुरबहादुर चन्दले लामो समयपछि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट गर्न पाउनु खुसीको कुरा भएको बताएका छन् । ‘यति छोटो समयमै सिरिज खेल्नमा हामीसँग नजिक रहेर काम गर्नुभएकोमा नेदरल्यान्ड र मलेसिया क्रिकेटलाई धन्यवाद दिन चाहन्छु’, चन्दले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट पुनः गर्न लागेको घोषणा गर्दा खुसी लागेको छ ।’

राउन्ड रोबिनका आधारमा हुने सिरिजमा शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here