नेपालसामु मलेसियाको ११० रनको चुनौति

451
तस्बिर : क्यान ।

काठमाडौं । मलेसियाले नेपालसामु ११० रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी त्रिदेशीय टी–२० सिरिज अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले ११० रनको विजय लक्ष्य पाएको हो ।

जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि मलेसियाले ब्याटिङ गरेको हो । पहिलो ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको हो ।

मलेसियाका लागि ओपनर सयद अजिजले सर्वाधिक २७ रन बनाए । त्यस्तै सर्विन म्युनिअन्डीले २० रन जोडे । अन्य ब्याटसमेन भने चल्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका करण केसीले ३ र सन्दीप लामिछानेले २ विकेट लिए । त्यस्तै सोमपाल कामी, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए । त्यस्तै सहव आलमको नाममा पनि १ विकेट रह्यो ।

अहिले केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here