कुशल भुर्तेलको अर्धशतकमा ह्याट्रिक, बने डेब्यु खेलदेखि लगातार तीन अर्धशतक बनाउने पहिलो खेलाडी

615

काठमाडौं । नेपाल, नेदरल्यान्ड र मलेसिया सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा कुशल भुर्तेलले लगातार तेस्रो अर्धशतक पूरा गरेका छन् । उनी टी–२०आईको डेब्यूदेखि लगातार तेस्रो अर्धशतक पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।

उनले अहिले त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डविरुद्ध ५० रन बनाउँदै लगातार तेस्रो इनिङमा तेस्रो अर्धशतक पूरा गरेका हुन् ।

उनले पहिलो अर्धशतक पनि नेदरल्यान्डविरुद्ध नै गरेका थिए । उनले टी–२० आईमा नेदरल्यान्डविरुद्ध अर्धशतक पूरा गर्दै डेब्यू गरेका थिए । उनी राष्ट्रिय टोलीमा समेत पहिलोपटक परेका हुन् । उनले पहिलो खेलमा नेदरल्यान्डविरुद्ध ६२ रन बनाएका थिए ।

यसैगरी दोस्रो खेलमा मलेसियाविरुद्ध पनि अर्धशतकीय पारी खेलेका थिए । उनले मलेसियाविरुद्ध नटआउट ६१ रन बनाएका थिए ।

अहिले भइरहेको खेलमा उनले ६२ रन बनाए । उनले ४६ बलको सामना गर्दै ८ चौका र १ छक्का हिर्काए ।

नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको खेलमा अहिले १५ ओभरको समाप्तीमा ३ विकेट गुमाएर १४२ रन जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here