नेपालको विष्फोटक ब्याटिङ, नेदरल्यान्डलाई दियो २०७ रनको लक्ष्य

704
तस्बिर : क्यान ।

काठमाडौं । जारी त्रिदेशीय टी–२० क्रिकेट अन्तर्गत अहिले नेपाल र नेदरल्यान्डबीच खेल भइरहेको छ । त्रिवि त्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेपालले नेदरल्यान्डविरुद्ध विष्फोटक ब्याटिङ गर्दै २०७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रनको योगदान गरे । उनले लगातार तेस्रो अर्धशतक पूरा गर्ने क्रममा १ छक्का र ८ चौका हिर्काए । उनी टी–२०आईको डेब्यूदेखि लगातार तेस्रो अर्धशतक पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन्

त्यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक पूरा गरे । उनले ३० बलको सामना गर्दै ५ छक्का र ३ चौका हिर्काए ।

मध्यम क्रममा लगातार विकेट गुमेपछि आएका सोमपाल कामीले २१ रन जोडे भने कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । त्यस्तै कुशल मल्लले ३ छक्का हिर्काउँदै १८ रन बनाए ।

नेदरल्यान्डका लागि भिवियन किङ्मा र पिटर सिलारले समान २÷२ विकेट लिए । त्यस्तै बास दे लिदी र आर्यन दत्तले १÷१ विकेट हात पारे ।

नेदरल्यान्डले केही समयपछि ब्याटिङ गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here