सन्दीपले गुमाए ‘द हन्ड्रेड’, यस्तो छ गुमाउनुको कारण

321
फाइल तस्बिर ।

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुन लागेको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नपाउने भएका छन् । प्रतियोगिता खेल्न पुगेका उनले आफूले ‘द हन्ड्रेड’ गुमाउनु परेको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा उनले आफूले प्रतियोगिता गुमाउनु पर्दा दुःख लागेको बताएका छन् ।

ओभल इन्भिन्सिबल्समा अनुबन्धित सन्दीपले भिसा समस्याका कारण खेल गुमाउनु परेको हो । उनका अनुसार भिसा प्रक्रिया नमिलेका कारण इंल्यान्ड सरकारले देश छाड्न भनेको छ ।

‘मेरो टिम ओभल इन्भिन्सिबल्सका लागि खेल्न इंग्ल्यान्ड सरकारको नीतिअनुसार सम्पूर्ण कार्य मैले पूरा गरेको थिएँ’, उनले लेखेका छन्, ‘द हन्ड्रेड गुमाउनु पर्दा अत्यन्तै दुःख लागेको छ ।’

प्रतियोगिताका लागि सन्दीप जुलाई ९ मा इंग्ल्यान्ड पुगेका थिए । उनी सरकारको मापदण्डअनुसार १० दिन अनिवार्य क्वारेन्टिन बसिसकेका थिए ।

यसअघि पनि भिसा र पासपोर्टको ढिलाइका कारण सन्दीपले इंग्ल्यान्डमै भइरहेको द भाइटालिटी ब्लास्ट गुमाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here