त्रिकोणात्मक सिरिजका लागि १७ सदस्यीय नेपाली टोलीको घोषणा, गुल्शन झा पहिलो पटक टिममा

202
फाइल तस्बिर।

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल, अमेरिका र ओमानबीच हुने सिरिजका लागि १७ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।

टोलीमा पहिलो पटक गुल्शन झा परेका छन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टोलीमा तीव्र गतिका बलर गुल्शन परेका हुन् ।

मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर गुल्शन पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए।

गुल्शनसँगै अर्का तीव्र गतिका बलर विक्रम शोब, शरद भेषावाकर र रोहित कुमार पौडेल पुनः राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग २÷२ खेल खेल्ने छ भने उक्त सिरिज अगाडि पुपुवा न्यूगिनी (पिएनजी)सँग दुई एक दिवसीय खेल खेल्ने छ। त्यसका लागि नेपाली टोली मंगलबार बिहान ८ बजे सलाम एयरबाट ओमान जाने तालिका छ।

नेपालले सिरिज र पिएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्नेछ। त्रिकोणात्मक सिरिज अगाडि पिएनजीसँग नेपालले भदौ २० पहिलो र भदौ २३ दोस्रो खेल खेल्नेछ। ओमानमा नै रहने टोलीले चार दिनपछि त्रिकोणात्मक सिरिज खेल्नेछ। यद्यपि खेल तालिका भने सार्वजनिक भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here