नेपालले पपुवा न्युगिनीलाई दियो २३४ रनको लक्ष्य

120

नेपाल र पपुवा न्युगिनीविरुद्धको दोस्रो एकदिवसीय प्रतियोगिता अहिले जारी छ । नेपालले पपुवा न्युगिनीलाई जितका लागि २३४ रनको लक्ष्य दिएको छ ।

बर्मुडामा जारी खेलमा नेपालले पहिले टस जितेर पहिले ब्याटिङ गरेको थियो । ४९.२ ओभरमा अलआउट हुँदै नेपाली टोलीले २३३ रन बनाएको हो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८४ रन बनाए ज्ञानेन्द्र मल्लले ४५, करण केसीले ४२ रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here