सन्दीप एक्लैले ६ विकेट लिएपछि नेपालको फराकिलो जित

123
फाइल फोटो

पपुवा न्युगिनीविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले सान्दार जित हात पारेको छ। ओमानमा भएको खेलमा नेपालले १५० रनले पपुवा न्युगिनीलाई हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो । २३४ रनको लक्ष्य पाएको पपुवा न्युगिनी १९.१ ओभरमा ८२ रन बनाउँदा अलआउट भयो । ।

नेपालको जितका लागि सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए । सोमपाल कामी बिक्रम सोब र शुसन भारीले १–१ विकेट लिँदा पपुवा न्युगिनीका एक ब्याट्स्म्यान रन आउट भए ।
पपुवा न्युगिनीका लागि ओपनर टोनी उराले बनाएको १९ रन नै सर्वाधिक रह्यो ।

ब्याटिङतर्फ  नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८४ रन बनाए ज्ञानेन्द्र मल्लले ४५, करण केसीले ४२ रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here