नेपालले पायो २३१ रनको चुनौति

224
तस्बिर : आईसीसी

ओमानमा सुरु क्रिकेट लिग डिभिजन २ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा अमेरिकाबाट नेपालले २३१ रनको चुनौति पाएको छ ।

नेपालसहित, अमेरिका र ओमान सम्मिलित सिरिजको पहिलो खेलमा अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको हो ।

टस जितेर ब्याटिङ रोजेको अमेरिकाका लागि विकेटकिपर मोनाङ्क पटेलले शतक बनाए । संयम भएर खेलेका उनले १ छक्का र ९ चौका हिर्काए । त्यस्तै निशर्ग पटेलले २१ रन बनाए भने अन्य ब्याटसमेनले उल्लेख्य रन जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले २ मेडन राख्दै २ विकेट लिए । त्यस्तै बिक्रम सोब र सुशान भारीले समान २÷२ विकेट लिए भने कुशल मल्लले १ विकेट हात पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here