अमेरिकाविरुद्ध जित निकाल्दा ३ ठूला साझेदारी, बने यस्ता कीर्तिमान

137
तस्बिर : आईसीसी

आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले अमेरिकामाथि ५ विकेटको जित हात पारेको छ । ओमानस्थित अल अमेरत रंगशालामा भएको खेलमा अमेरिकाले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनायो । २३१ रनको लक्ष्य पाएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर जित हात पा¥यो ।

नेपालको जितका लागि दुई युवा ब्याट्सम्यानको महत्वपूर्ण योगदान रह्यो । ओपनर ब्याट्सम्यान कशुल भुर्तेलको ६४ रन र चौथो नम्बरमा ब्याटिङमा आएका रोहत पौडेलले नटआउट ६२ रनको पारी खेल्दा नेपालको जित सम्भव बन्यो ।

अमेरिकाविरुद्ध नेपालको ब्याटिङमा २ ठूला साझेदारी बने । पहिलो विकेटका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ६६ रनको साझेदारी गरे । तेस्रो विकेटका लागि कुशल भुर्तेल र रोहित पौडेलले ५१ रनको साझेदारी गरे । सबैभन्दा ठूलो साझदारी रोहित पौडेल र विनोद भण्डारीको रह्यो । उनीहरुले पाचौँ विकेटका लागि ८४ रनको साझेदारी गरे । यही साझेदारीले लगातार तेस्रो र चौथो विकेट गुमेर धर्मराउन खोजेको नेपाललाई जितसम्म पु¥यायो ।

बलिङतर्फ सन्दीप लामिछाने, सुशन भारी र विक्रम सोबले समान २–२ विकेट लिए । यसमध्ये सबैभन्दा किफायती बलिङ सुशनको रह्यो । उनले १० ओभरमा जम्मा ३१ रन दिएर २ विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दा ३५ रन दिए बिक्रमले ६ ओभरमा ३३ रन दिए।

यस जितमा नेपाली टोली र ब्यक्तिगत गरी केही कीर्तिमान बनेका छन् ।

यस खेलमा बनेका कीर्तिमान यस्ता छन् ।

–२३१ रन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले पछ्याएको दोश्रो ठूलो लक्ष्य हो। युएई बिरुद्ध २०१९ मा नेपालले लक्ष्य पछ्याउँदै सर्वाधिक २५५ रन बनाएको थियो।

–कुशल भुर्तेलले बनाएको ८४ रन नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ओपनिङ ब्याट्सम्यानले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो। यस अघि यो कीर्तिमान ज्ञानेन्द्र मल्लको नाममा रहेको थियो उनले गत वर्ष ओमानविरुद्ध ओपनिङ गर्दै ५६ रन बनाएका थिए।

–कुशल नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेश्रो सर्वाधिक व्यक्तिगत स्कोर बनाउने ब्याट्सम्यान समेत बनेका छन्। कुशल भन्दा बढी रोहित पौडेलले ८६ तथा पारस खड्काले ११५ रन बनाएका छन्।

–कुशल भुर्तेल र आसिफ शेखले ओपनिङमा गरेको ६६ रनको साझेदारी नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ओपनिङ साझेदारी हो।

–रोहित पौडेल र बिनोद भण्डारी बीच भएको ८४ रनको साझेदारी पाँचौ विकेटको लागि नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक साझेदारी हो। यस अघि यो कीर्तिमान रोहित पौडेल र पारस खड्काको नाममा रहेको थियो जसले युएईविरुद्ध २०१९ मा ५४ रनको साझेदारी गरेका थिए।

–रोहित पौडेल नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन वटा अर्धशतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्। उनले अमेरिका ६२, पपुवा न्यु गिनीविरुद्ध ८४ र २०१९ मा युएईविरुद्ध ५५ रन बनाएका थिए।

–रोहित नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको सर्वाधिक ब्याटिंग औषत भएका खेलाडी बनेका छन्। रोहितले ८ खेलमा २७५ रन बनाएका छन् जुन क्रममा उनको औशत ३९.२८ रहेको छ। रोहित पछि दोश्रो धेरै औशत सोमपाल कामिको ३५.८०, तेश्रो धेरै पारस खड्काको ३५ तथा चौथो धेरै कुशल भुर्तेलको ३४ रहेको छ।

नेपालले अब यस सिरिजको दोस्रो खेलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here