पीएनजीसँगको सिरिज जितेपछि नेपालको एकदिवसीय वरियतामा सुधार

97
फाइल तस्बिर।

नेपालले एकदिवसीय क्रिकेट टिमको वरियतामा सुधार गरेको छ । पछिल्लो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५औं स्थानमा पुगेको हो ।

यसअघि नेपाल १६औं स्थानमा रहेको थियो ।

विश्व क्रिकेट लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिदेशीय सिरिज खेल्न ओमान पुगेको नेपालले सिरिज हुनु पहिले पपुवा न्यूगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो । सो सिरिज नेपालले सिरिज २–० ले आफ्नो पक्षमा पारेको थियो ।

त्यस्तै त्रिदेशीय सिरिजको पहिलो खेलमा सोमबार नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

एसोसिएट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् । नेदरल्यान्ड्स ११औं स्थानमा छ भने स्कटल्यान्ड १४औं स्थानमा रहेको छ ।

एकदिवस्य वरियतामा न्यूजिल्यान्ड शीर्ष स्थानमा हुँदा इंग्ल्यान्ड दोस्रो, अस्ट्रेलिया तेस्रो र भारत चौँथो स्थानमा रहेका छन् । त्यस्तै दक्षिण अफ्रिका पाँचौँ स्थानमा रहेको छ ।

वरियताको पुछारमा पपुवा न्यूगिनी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here