श्रीलंकन क्रिकेट ‘लिजेन्ड्री’ मालिंगाले लिए सन्न्यास

119

श्रीलंकन लिजेन्ड्री क्रिकेटर लासिथ मालिंगाले टी–२० क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । ३८ वर्षीय मालिंगाले मंगलबार यस्तो घोषणा गरेका हुन् ।

सन् २०११ म टेस्ट र २०१९ मा एकदिवसीय क्रिकेटबाट सन्न्यास लिएका मालिंगा टी–२० फम्र्याटमा एक सय विकेट लिने पहिलो बलर हुन् । उनी टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको चौँथो स्थानमा छन् ।

उनीभन्दा पहिला वेस्ट इन्डिजका ड्वेन ब्राभो, दक्षिण अफ्रिकाका इमरान ताहिर र वेस्ट इन्डिजका सुनि नारिन छन् ।

मालिंगाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म १०७ विकेट लिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here