नेपालको कमजोर ब्याटिङ, अमेरिकालाई दियो १७५ रनको लक्ष्य

228

आइसीसी विश्व क्रिकेट लिग–२ त्रिदेशीय सिरिज अन्तर्गत अहिले नेपाल र अमेरिकाबीच खेल भइरहेको छ । ओमानमा जारी खेलमा नेपालले अमेरिकालाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको हो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ रन बनाए । १०५ बल खेलेका उनले ३ चौका मात्रै प्रहार गर्न सके ।त्यसपछि कुशल भुर्तेले ३६, गुल्सन झाले २८, करण केसीले १२, सन्दीप लामिछानेले ११, विनोद भण्डारीले १० रन जोडे । अरुले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

सुरुमै ओपनर आसिफ शेख आउट भएपछि दवाव उत्पन्न भएको थियो । कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लले खेललाई लयमा ल्याएका थिए । १२औँ ओभरमा ५६ रन हुँदा कुशल भुर्तेल आउट भएपनि नेपालको ब्याटिङ सुस्त भएको थियो । त्यसपछि आएका रोहित पौडेल २ रनमै आउट भए । विनोद भण्डारीले ज्ञानेन्द्रलाई केही समय साथ दिएपनि २८ बलमा १० रन बनाएर आउट भए । विनोदपछि आएका गुल्सन झाले ज्ञानेन्द्रसँग मिलेर ५१ रनको साझेदारी गर्न मद्दत गरे ।

मल्ल ४६औँ ओभरसम्म टिकेर खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here