ब्याटिङ र बलिङ चल्दा ओमानमाथि नेपालको शानदार जित

323
फाइल तस्बिर।

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले ओमानमाथि ७ विकेटको शानदार जित निकोलेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालको ब्याटिङ र बलिङ चल्दा सहज जित निकालेको हो ।

नेपालले पाएको १२२ रनको सामान्य लक्ष्य १८.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रन बनाए । उनले २ छक्का र ४ चौका हिर्काए । त्यस्तै ओपनर आशिफ शेखले ४४ बल खेल्दै ४० रन जोडे । अर्को ओपनर कुशल भुर्तेल भने ६ रनमै पेभिलियन फर्किए ।

चौँथो नम्बरमा ब्याटिङ गर्न आएका रोहिकुमार पौडेल पनि ६ रनमै बोल्ड आउट हुन पुगे ।

पाँचौँ क्रममा ब्याटिङ गर्न आएका शरद भेषावकरले ‘विनिङ’ रन दिलाए । उनले अन्तिममा १ रन जोडे ।

ओमानका नेस्तोर धाम्बाले २ तथा कलिमुल्लाहले १ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको ओमानका लागि कप्तान जिशान मक्शुदले ४१ रन जोडे । त्यस्तै जतिन्दर सिंहले १३ तथा नसिम खुसीले १२ रन जोडे ।

ओमानलाई रोक्न नेपालका सन्दीप लामिछाने र करण केसीले धारिलो बलिङ गरे । सन्दीपले ८.१ ओभर बलिङ गर्दै २ मेडन राखेर ४ विकेट लिए । उनले १८ रन खर्चिएका थिए । त्यस्तै करणले ८ ओभरमा १ मेडन राख्दै २५ रन खर्चिएर समान ४ विकेट हात पारे ।

लामो समयपछि प्लेइङ ११ मा परेका शरदले २ विकेट लिए ।

ओमानमा जारी त्रिदेशीय सिरिजका ४ खेल मध्ये नेपालले २ मा जित हात पार्दा २ खेलमा हार व्यहोरोको छ ।

पहिलो खेलमा अमेरिकालाई ५ विकेले हराएको नेपालले दोस्रो खेलमा ओमानसँग ५ विकेट र तेस्रो खेलमा अमेरिकासँग ६ विकेटको हार व्यहोरेको थियो ।

यस रिसिजको अन्तिम खेल भोलि ओमान र अमेरिकाबीच हुँदैछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here