आइपीएल : २४ रन बनाउँदा ४ विकेट गुमाएको चेन्नई २० रनले विजयी

108

कोभिड–१९ महामारीको दोस्रो भारत आक्रान्त बनेपछि रोकिएको इन्डियन प्रिमियर लिग आइपीएलका बाँकी खेल आइतबारबाट सुरु भएको छ । आइबार पहिलो दिनको खेलमा चेन्नइ सुपर किंग्सले मुम्बइ इन्यिन्समाथि २० रनको जित निकालेको छ ।

चेन्नईले दिएको १५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो ।

यूएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा चेन्नइले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको चेन्नइले निकै खराब सुरुवात गरेको थियो । जम्मा २४ रन बनाउँदा ४ विकेट गुमेको थियो । अम्बाती रायडु घाइते भएर क्रिजबाट बाहिरिएका थिए । ओपनर रुतुराज गाइक्वार्डले आक्रामक ब्याटिङ गरेपचि चेन्नइ सम्मानजनक स्कोर बनाउन सफल भयो ।

रुतुराज र रविन्द्र जडेजाले पाचौँ विकेटका लागि २४–४ को अवस्थाबाट १०५–५ को अवस्थामा पु¥याएका थिए । रुतुराज नटआउट रहँदै ५८ बलमा ८८ रन बनाए जडेजाले २६ बलमा ३३ रन बनाउँदा ब्राभोले जम्मा ८ बलमा २३ रन जोडेका थिए।

ब्राभोले बलिङमा पनि मुम्बईका महत्वपूर्ण ३ विकेट लिए । मुम्बईका लागि सौरव तिरारीले ५० रन बनाउनबाहेक अन्यले गतिलो योगखान गर्न सकेनन् ।

जितपछि चेन्नई १२ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आज बैंग्लोर र कोलकाता भिड्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here