बैंग्लोरको कप्तानी छाड्ने विराट कोहलीको घोषणा

80

भारतीय टोलीका कप्तान विरोट कोहलीले यस सिजनपछि आइपीएलको कप्तानीबाट बिदा लिने भएका छन् । २०१३ देखि रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानी सम्मालिरहेका कोहलीले २०२१ सिजनपछि टोलीको कप्तानको जिम्मेवारीमा नरहने घोषणा गरेका छन् ।

उनले एक भिडियो सन्देशमा भनेका छन्, ‘म आइपीएल खेल्दासम्म आरसीबीको खेलाडीको रुपमा खेल्नेछु।’

९ वर्षको आफ्नो यात्रा निकै यादगार रहेको उनले भनेका छन् ।

२०१३को सिजनमा कोहली बनेपछि आरसीबीले सोमबारको खेलअघिसम्म १३२ खेल खेलेको छ । जसमा ६० मा जित निकाल्दा ६५ खेलमा पराजय व्यहोरेको थियो । ३ खेल टाइ भएको थियो भने ४ खेल नतिजाबिहीन बनेको थियो ।

कप्तानीमा रहेको बैंग्लोर २०१६ मा फाइनलमा पुग्नु नै सबैभन्दा ठूलो उपलब्धि रह्यो । हैदरावादसँग ८ रनले पराजित भएर उपाधिबाट वञ्चित भएको थियो ।

उनले हालसम्म १९९ खेल खेल्दा ६०७६ रन बनाएका छन् । उनले ५ शतक र ४० अर्धशतक बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here