एभरेस्ट प्रिमियर लिग : चितवनको रोमाञ्चक जित

370

एभरेस्ट प्रिमियर लिगको आइतबार भएको पहिलो खेलमा चितवन टाइगर्सले जित हात पारेको छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवनले करण केसीको कस्तानीमा रहेको विराटनगर वारियर्सलाई २ विकेटले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । १५२ रनको लक्ष्य चितवनले २० ओभरमा ८ विकेट गुमाएर पूरा ग¥यो ।

चितवनको जितका लागि राजेश पुलामी मगरले सबैभन्दा धेरै ४३ रन बनाए । भीम सार्कीले ३०, दिलीप नाथले २३, अफगान खेलाडी करिम जनतले १९ रनको योगदान दिए ।

विराटनगरका लागि सिकन्दर राजा र करण केसीले २–२ विकेट लिए । प्रतिस जिसी अनिल खरेल र रायन पठानले १–१ विकेट हात पारे ।

विराटनगरका लागि जिम्माब्बेका अलराउण्डर सिकन्दर राजाले ६७, अनिल साहले ३२ र सौरभ खनालले ३० रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो योगदान गर्न सकेनन् ।

चितवनका लागि सोमपाल कामी, कमल ऐरी, सागर ढकाल र करिम जनतले २–२ विकेट लिँदा शाहब आलमले १ विकेट लिएका थिए ।

१५२ रनको लक्ष्य पाएको चितवनको ११ रन हुँदै पहिलो विकेट गुमाएको थियो । २३ रन हुँदा दोस्रो विकेट गुम्यो । तर तेस्रो नम्बरमा आएका भीम सार्कीले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ३० रन बनाएपछि मध्यक्रमका ब्याट्सम्यानले बिना दवाव खेल्न पाएका थिए ।

खेलको अन्तिमतिर चितवनले लगातार विकेट गुमाएपछि जितका अन्तिम बलसम्म कुर्नु परेको थियो । अन्तिम बलमा १ जितका लागि १ रन चाहिएको अवस्थामा राजेश पुलामीले चौका प्रहार गर्दै जित सुनिश्चित गरेका थिए । अन्तिम ओभरमा जितका लागि चितवनलाई जम्मा २ रन आवश्यक थियो । तर पनि अन्तिम ओभर निकै रोमाञ्चक बन्यो ।

अनिल खरेलले पहिलो बलमै विकेट लिएपछि चितवन दवावमा प¥यो । त्यसपछि तेस्रो बलमा १ रन दिएर बाँकी २ बल डट हुँदा अन्तिम बल पनि डट भएर खेल सुपर ओभरमा जाने सम्भावना देखिएको थियो । तर पुलामीले कुनै गल्ती नगरी कडा सट प्रहार गरी विरानगरलाई निराश बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here