सन्दीप लामिछाने सेप्टेम्बर महिनाको उत्कृष्ट आईसीसी खेलाडी

374

काठमाडौं : नेपालका लेग स्पिनर सन्दीप लामिछाने सेप्टेम्बर महिनाका उत्कृष्ट आईसीसी खेलाडी बनेका छन् । गत साता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मनोनयनमा परेका उनले भोटिङका आधारमा अन्य दुई खेलाडीलाई पछि पार्दै उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

आईसीसीका अनुसार सन्दीपले गत महिना ओमानमा भएको आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गतका खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनलाई ६ एकदिवसीय खेल खेल्दै १८ विकेट लिएको आधारमा आईसीसीले उत्कृष्ट खेलाडीको मनानयनमा चयन गरेको थियो । उनले ७.३८ को इकोनमीमा बलिङ गरेका थिए ।

आईसीसीले सन्दीपसहित बंगलादेशका नसुम अहमद र अमेरिकाका ब्याटस्म्यान जसकरण मलहोत्रालाई पनि मनोनयन गरेको थियो । दुवै खेलाडीलाई पछि पार्दै सन्दीप उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

यसैगरी महिलातर्फ इंग्ल्यान्डकी हिथर नाइट सेप्टेम्बर महिनाको आईसीसी उत्कृष्ट खेलाडी बनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here