विश्वकप टी–२० क्रिकेटमा ओमानको शानदार सुरुवात, पीएनजी १० विकेटले पराजित

230

मस्कट । आइतबार (आज) बाटा सुरु आईसीसी विश्वकप टी–२० क्रिकेटमा आयोजक ओमानले शानदार सुरुवात गरेको छ। उसले पपुवा न्यूगिनी (पीएनजी) लाई घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा १० विकेटले पराजित गरेको हो।

टस जितेर फिल्डिङ गरेको ओमानले १३० रनको विजय लक्ष्य १३.४ ओभरमा कुनै पनि विकेट नगुमाई भेट्टायो।

ओमानका लागि जितेन्दर सिंहले ७३ रन बनाए भने अकिब इलियासले ५० रन जोडे। जितेन्दरले ४ छक्कार ७ चौका हिर्काउँदा अकिबले १ छक्का र ४ चौका हिर्काए।

यसअघि ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएका थियो। उसका लागि कप्तान असद भालाले अर्धशतक बनाए। उनले ४३ बलको सामना गर्दै ५६ रन जोडे। त्यस्तै चाल्र्स अमिनीले ३७ र सेसे बाउले १३ रन जोडे।

ओमानका ओपनरहरू शून्य रनमै आउट भएपछि कप्तान असद र चार्ल्सले इनिङ सम्मानजनक स्थितिमा पुर्‍याएका थिए।

पीएनजीलाई सस्तैमा रोक्न ओमानका जिशान मक्सुदले ४ तथा बिलाल खान र कलिमुल्लाहले २÷२ विकेट झारेका थिए।

आजबाट सुरु टी–२० विश्वकप ओमान र युएईले आयोजना गरेका हुन्। आजबाट सुरु खेल १४ नोभेम्बरसम्म चल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here